२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

व्यवस्था परिवर्तनले मात्रै समृद्ध मुलुक निर्माण हुन सक्दैन : चिन्तन पाैडेल

4721 Shares
Spread the love

तनहुँ । मानिसकाे भावना, बिचार र चेतनाकाे बिकास हुन जरुरि छ भन्ने हेतुले भानु न पा-२, भकुन्थोक तनहुँमा दलित बस्तिमा,नब बर्ष २०७६ सालकाे शुभ उपलक्ष्यमा युवा जागरण अभियान द्वारा अायाेजित सामाजिक सचेतनाको लागि सह-भोजन कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रीय सदस्य जीवन परियार, बिशिस्ट अतिथि गुरु घिमिरे,मा.प्रकाश स्नेहि, अतिथि बरिष्ठ अधिबक्ता यदुनाथ खनाल,माननिय दाेबाटे बिक,मा. सरिता गुरुङ, तनहु नपालि काँग्रेस कार्यबाहक सभापति जित प्रसाद अाले,ने.बि.संघ पुर्ब महामन्त्रि अानन्द त्रिपाठी,महासमिति सदस्य बिनिता अधिकारी,भानु नगर सभापति श्रिभक्त अाचार्य,वडा अध्यक्ष अर्जुन खड्का,प्रजातान्त्रिक समाज केन्द्रका अध्यक्ष रबिन काेइराला,तरुण नेता लाल ब. जिसि,नेत्रि सर्मिला थापा,ने.बि.संघ नेता ई.भुवन भट्ट,ने.बि.संघ तनहु काठमाडाै सम्पर्क समिति अध्यक्ष प्रबिन कैनि,बिधार्थि नेता श्रिकृष्ण लामिछाने लगायत दलित समुदायका ३०० महिला,पुरुषहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सभातित्व युबा जागरण अभियानका संयाेजक ई.चिन्तन पाैडेलले गर्नु भएकाे थियाे ।

कार्यक्रममा सहभागि ३०० दलित समुदायका महिला र पुरुषहरु सँगै उपस्थित नेता, कार्यकर्ताहरुले सह-भाेजन गरि नयाँ बर्षकाे शुभकामना अादान प्रदान गरेका थिए ।

कार्यक्रममा मन्तब्य राख्दै अभियानका संयाेजक पाैडेलले २००७ साल बाटनै नेपाली काँग्रेसले जातिय भेदभावकाे अन्त्यका लागि अान्दाेलन गर्दै अाएकाे र २०२०सालमा छुवाछुतकाे अन्त्य भइ,२०७२ सालकाे संबिधानमा समेत दलितका अधिकार सुनिश्चित गरि भेदभाव गर्नेमाथि दण्डकाे ब्यबस्था समेत गरिएकाे छ तर अाजका दिन सम्म अाचरणमा सामाजिक भेदभाव,छुवाछुत अन्त्य नभएकाेले युबा जागरण अभियानले नयाँ सामाजिक अान्दाेलकाे सुरुवात गरेकाे संयाेजक पाैडेलले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य जीवन परियार,गरु घिमिरे लगायतका बक्ताले दलितका अधिकार नेपाली काँग्रेसकै नेत्रित्वमा स्थापित भएका र दलितकाे पक्षमा वकालत गर्ने पार्टि काँग्रेस मात्रै भएकाे बिचार समेत ब्यक्त गरे । नेपाली काँग्रेस स्थापना हुदा पनि बिपि काेइरालाले दलित समुदायका नेता देब्रत परियारलाई साथमा राखेकाे उदाहरण दिदै नेता घिमिरेले दलितप्रति नेपाली काँग्रेसकाे व्यवहार सधै उदार रहेकाे तर सामाजिक अाचरणमा कमजाेरिका कारण दलित प्रति बिभेदकाे व्यवहार अाज सम्म समाजमा जिबित रहेका कारण युवा जागरण अभियानकाे प्रयासले यसकाे अन्तयका लागि नयाँ सन्देश प्रवाह हुने समेत बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा उपस्थित दलित समुदायका महिलाहरुले युबा जागरण अभियानले हाम्राे सम्मानका लागि नया बर्षकाे उपलक्ष्यमा सह-भाेजन कार्यक्रम राखेर हामी हर्षत भएका छाै । दलित भनेर हामिलाई अरुले हेप्छन तर अाज अाफ्नै अागनमा अाएर नेताहरु सँगै भाेजन गर्न पाउँदा हामिलाई प्रेरणा मिलेकाे दलित अगुवा तथा स्थानीय स्कुल प्र अ नारायण बश्यालले बताए ।

प्रतिक्रिया