बैशाख ६ – भारतमा यतिबेला आमनिर्वाचन भईरहेको छ । निर्वाचनमा भारतीय जनताहरु स्वतस्फुर्तरुपमा मतदान गरिरहेका छन् । सत्तारुढ दल संगै अन्य विपक्षी दलहरु आफनो जीतका लागि निरन्तर लागिपरिरहेका छन् । बिषेशगरी कांग्रेस यस पटक मोदीलाई सत्ताबाट निकालेर नै छाड्ने रणनितीमा देखिएको छ । यता भाजपाप्रति कति आक्रोस छ भनेर एक जना मतदाताले देखाएछन् । पवन कुमार नाम गरेका मतदाताले झुक्किएर भाजपालाई मतदान गरेपछि आक्रोसित हुँदै आफनै औँला काटेका छन् । बहुजन समाज पार्टीका समर्थक समेत रहेका उनले हतार हतारमा भोट गर्दा झुक्किएर भाजपालाई भोट गएको भन्दै आक्रोसित उनले आफनै औँला काटेका हुन् ।
उनले गलत पाटीलाई भोट दिएकोमा पश्चताप गर्दे औँला काटेको बताएका छन् । उत्तर प्रदेशको बुलन्दशहरको कोतवाली क्षेत्रको अब्दुल्लापुर हुलासन निवासी २४ वर्षीय पवन बिहिबार भोट दिन गाउँकै मतदान केन्द्रमा गएका थिए । मतदानको क्रममा हतारिँदै उनले बहुजन समाज पार्टीको चिन्ह हात्तीको सट्टा भारतीय जनता पार्टीको चिन्ह कमलको बटन दबाएका थिए । भोट भाजपालाई गएपछि आत्मग्लानी गर्दे उनले औँला काटे । औँला काट्ने बित्तिकै ती युवकलाई अस्पताल लगिएको थियो र उपचारपछि उनलाई घर फिर्ता पठाइएको छ । एजेन्सीको सहयोगमा