२०८३, १० कार्तिक सोमबार
×

भाषण गरिरहेका हार्दिक पटेलमाथि मन्चमै थप्पड बर्सियो

1056 Shares

बैशाख ६ – भारतीय कांग्रेस पार्टीका चर्चित युवा नेता हार्दिक पटेललाई भाषण गरिरहेको बेला मन्चमा नै थप्पड हानिएको छ । गुजरातको सरेन्द्रनगरमा भएको जनसभालाई पटेलले सम्बोधन गरिरहेको बेला एक जना पुरुषले उनलाई थप्पड हानेका हुन् । थप्पड हानेपछि पटेलका कार्यकर्ताहरुले ती व्यक्तिलाइई कुट्नु सम्म कुटे पछि पटेलले नै त्यसो नगर्न आफना समर्थक तथा कार्यकताहरुलाई निर्देशन दिए । उनले ती व्यक्तिमाथि कानुनी कारवाही गर्न पनि अस्वीकार गरेका छन् । यता पटेलल आफुमाथि आक्रमण गराउने काम भाजपा पार्टीले गरेको आरोप लगाएका छन् ।

उनले आज भाजपाले आफुलाई थप्पड हान्न लगाएको र भोलीका दिन आफुलाई गोलीसम्म हान्न सक्ने बताएका छन् । कुनै समय गुजरातको पाटीदार आन्दोलनको मुखिया समेत रहेका हार्दिक पटेललाई यस पटक भने चुनाव लड्न रोक लगाईएको छ । उनीमाथि मेहसाणामा हिंस्रक आन्दोलन गरेको आरोपमा २ बर्षको जेल सजाय सुनाईएको थियो । भारतीय कानुन अनुसार दुई वा सो भन्दा बढि जेल सजाय भएकाहरुले चुनाव लडुन नपाउने व्यवस्था रहेको छ । सोही कारण उनले चुनाव लड्न पाएनन तर पार्टीका लागि भने उनी प्रचारप्रसारमा निरन्तर लागिरहेका छन् ।

प्रतिक्रिया