२०८३, १० कार्तिक सोमबार
×

हरियो रेल चढेर पुटिनलाई भेटन रुस जाँदै किम

960 Shares

बैशाख ६ – उत्तर कोरियाली नेता किम जोङ उनको रेल मोह देखिँदै आएको छ । केही समय अगाडीमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग दोस्रो भेटवार्ता गर्नका लागि रेलै चढेर भियतनाम सम्म पुगेका थिए । यसबीच किम र रूसी राष्ट्रपति भ्लादमिर पुटिनबीच भेटवार्ता हुने भएको छ। यी दुईबीच अर्काे साता पूर्वी रूसको भ्लादिभोस्तोक भेट हुँदैछ । यही भेटवार्ताका लागि किम रुससम्म रेलबाटै यात्रा गर्ने अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । उनी फेरी पनि बुलेट प्रुफ हरियो रेल चढेर पुटिनलाई भेटन जाने भएका हुन् । उनले आफनो हरेक अन्तराष्ट्रिय भ्रमणमा रेलको प्रयोग गरेपछि यसले खुबै चर्चा कमाईरहेको छ ।

यसअघि पनि चीन भ्रमणको क्रममा रेल यात्रा रोजेका थिए । आखिर उनले रेल यात्रा किन रोज्छन् त ? न्यूयोर्क टाइम्सका अनुसार किमको शासनजस्तै रेलको चलन पनि हजुरबुवाबाट बुवा हुँदै उनीसम्म आइपुगेको हो। उत्तर कोरियामा शासन गर्ने किम तेस्रो पुस्ताका नेता हुन्। सन् १९५० को दशकमा दुई कोरिया छुट्टिएपछि उनका हजुरबुबा किम इल सङ शासक बनेका थिए। उनै सङले रेलबाट विदेश जाने चलन ल्याएका हुन्। किमले चढेको रेल बुलेट प्रुफ रेल हो जहाँको सुरक्षा प्रवन्ध कडा हुन्छ भने उक्त रेल सुविधा सम्पन्न हुने गर्छ ।

 

प्रतिक्रिया