बैशाख ५ – स्वतन्त्र मधेशको एजेन्डा बोकेर हिड्दाको समय भन्दा सिके राउतको मधेशी दलप्रति मुलधारको राजनितीमा आएपछि झनै बढेको छ । बिषेशगरी मधेशी दलहरुले पहिचानका लागि लडेका रेशम चौधरीलाई जेल कोचेर देश टुक्राउन खोज्ने सिके राउतसंग चाही सरकारले सम्झौता गरेको भन्दै आक्रोस पोखेका थिए । त्यसपछि सिके राउत बिषेशगरी समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालप्रतिसंग निकै आक्रमक बनिरहेका छन् । उनले केही दिन आफनो पार्टी राष्ट्रिय जनमत पार्टीको पहिलो जनसभालाई सम्बोधन गर्दे मधेशी दलहरुको दुकान नै बन्द गरिदिने चेतावनी दिएका थिए । यसबीच उनले तीनै मधेशी दललाई दलालको संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आक्रोस व्यक्त गर्दे मधेशबाट भोट मागेर ओली नेतृत्वको सरकारमा सहभागी भएको भन्दै आक्रोस व्यक्त गरेका हुन् ।

उनले हिन्दी भाषामा लेख्दै मधेश केन्दि«त दल र नेताहरुलाई मधेशी जनतालाई ठगेर ओली सरकारलाई मत दिएको आरोप लगाएका छन् । उनले फेसबुकमा लेखेका छन् “दलाल पार्टीहरुले ओलीजीको बिरुद्धमा भोट मागे ।तर त्यही भोट एकमुष्टरुपमा ओलीजीलाई नै बेचिदिए । ६० मधेशीको हत्यारा भनिएको एमाले / ओलीजीको बिरोधमा मधेशी पार्टीहरुले भोट मागे । त्यही एमाले ओलीजीलाई प्रधानमन्त्री बनाउन भोट दिँदा तिनीहरुको हात कामेन ? त्यही एमाले/ ओली सरकारमा सामेल भएर मन्त्री भई ऐश गर्न उनीहरुलाई ग्लानी भएन ?”
उनले मधेशी दलहरुले मधेशी जनतालाई ठगेर नेता , मन्त्री बनेको भन्दै आक्रोस पोखे । उनले अगाडी लेखेका छन् “ओलीजीलाई बोलाएर जनकपुरमा स्वागतद्धार बनाएर , सडकमा झाडु लगाई सफा गरेर बोलाउने को थिए ? ५ महिना नाकाबन्दी गरेर तहसनहस गरेर दर्जनौँ मधेशी जनतालाई मारेपछि जब सम्म माग पुरा हुँदैन तबसम्म काठमाडौँ जान्न भन्नेहरु ओलीजीको एक कल फोनमा काठमाडौँमा चिया बिस्कुट खान गए” । उनले स्वतन्त्र मधेश गठबन्धनले ओलीसंग नभई सरकारसंग आफनो जीत नै हासिल गरेको बताउँदै मेधशी दलाल पार्टीहरुले जसरी अध्यारो कोठामा मन्त्री बन्न डिल आफुले नगरेको उल्लेख गरेका छन् ।
