872
Shares
बैशाख ५ – पोर्चुगलमा पर्यटक चढेको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ ।उक्त बस मडिरा टापुमा दुर्घटनामा भएको पोर्चुगलका सञ्चारमाध्यमहरूले जनाएका छन् । मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जना पुरुष छन्। दुर्घटनामा अन्य २८ जना घाइते भएका छन्।जर्मन पर्यटकहरू सवार बस सडकबाट तल खसेको थियो। बसमा ५५ जना यात्रु सवार रहेको बताईएको छ ।

स्थानीय समय अनुसार साँझ साढे छ बजे एउटा चोकमा चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट तल खसेको थियो। दुर्घटापछि नगर प्रमुखले एसआइसीले भने “घटनाबारे वर्णन गर्न मसँग शब्द छैन। यी मानिसहरूको पीडालाई म हेर्न सक्दिनँ।” यता बस दुर्घटनामा २८ जना जर्मन नागरिकको मृत्यु भएपछि पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले जर्मन चान्सलर एंगेला मर्केललाई समवेदना सन्देश पठाएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।


