२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“बर्तमान सरकारलाई कांग्रेसले आगामी चुनावबाटै प्रतिस्थापन गर्छ” :- देउवा

1341 Shares
Spread the love

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र रहेको गुट, उपगुटको अन्त्य भएरै छाड्ने बताएका छन् । कञ्चनपुरको टीकापुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीभित्रको गुट उपगुट महाधिवेशनबाट अन्त्य हुने बताए । उनले पार्टीभित्र हाधिवेशन नजिकिएदै गएकाले पनि आफनो आलोचना भएको बताए ।

सम्मेलनमा बोल्दै उनले भने “पार्टीभित्रबाटै विरोधका आवाज सुनिएका छन् सभापतिलाई महाधिवेशनको मुखमा आएर नराम्रो भन्ने नै भए । जसलाई पनि सभापति लड्न छुट छ। विरोध गर्ने पर्दैन संगठन राम्रो बनाउनु होस।” महाधिवेशनपछि पार्टीलाई एक ढिक्का भएर अगाडी बढाउने उनको भनाई छ ।

फरक प्रसंगमा बोल्दै उनले बर्तमान सरकारको आलोचना गरे । उनले सरकारले जनताको चाहना अनुसार काम गर्न नसकेको आरोप लगाए । उनले बर्षदिन बितिसक्दा पनि सरकारले एउटा पनि गतिलो काम नगरेको बताए ।कांग्रेसले राम्रो प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको भन्दै उनले बर्तमान सरकारलाई कांग्रेसले आगामी चुनावबाटै प्रतिस्थापन गर्ने देउवाले दाबी गरे ।

प्रतिक्रिया