1195
Shares
चिलीस्थित आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ।
स्थानीय समय अनुसार मङ्गलबार बिहान दुर्घटना हुँदा बिमानमा यात्रारत ६ जनाको मृत्यु भएको हो।
चिली नागरिक उड्डयन प्राधिकरणले आइल्यान्डर बीएन–२बी–२७ सङ्केत रहेको उक्त बिमानमा अरु पनि यात्रु रहेको हुनसक्ने जनाएको छ।
पुर्टोमोन्ट शहरका प्रमुख ह्यारी जुर्गेन्सेनले उक्त बिमान उड्नासाथ दुर्घटना भएको जानकारी दिए।
बिमान दुर्घटना भएर एउटा घरमा खसेपछि त्यहाँ रहेकी एक महिला घाइते भेटिएको बताइएको छ। उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
बिमानको ब्लाकबक्स भेटिए पनि दुर्घटनाको कारण खुलेको छैन। नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको छानबिन शुरु भइसकेको जनाएको छ। एएनआई