२०८३, १० कार्तिक सोमबार
×

कङ्गोमा डुङ्गा दुर्घटना– ३ जनाको मृत्यु, १५० जना बेपत्ता

1722 Shares

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेको एक तालमा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

कङ्गोमा रहेको किभु तालमा डुङ्गा दुर्घटनामा परेको त्यहाँका राष्ट्रपति फिलेक्स सिसेकेडीले ट्विटरमार्फत जानकारी दिएका छन् ।

दुर्घटनामा ३३ जनाको सकुशल उद्धार गरिएको र अरु १ सय ५० जना बेपत्ता भएका जनाइएको छ ।

डुङ्गा मुलुकको उत्तरी किभु प्रान्तबाट दक्षिणी किभु प्रान्ततर्फ आउँदै गर्दा दक्षिणी किभु प्रान्तको काहेले क्षेत्रनजिक दुर्घटनाग्रस्त भएको बताइएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोका तालहरुमा बेलाबेला डुङ्गा दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया