२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

कांग्रेस वरिष्ठ नेता पौडेल बिहीबारदेखि जिल्ला दौडाहा निस्किने

953 Shares
Spread the love

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक महिने जिल्ला भ्रमणका कार्यक्रम तय गरेका छन्। नेपाली कांग्रेसका विभिन्न कार्यक्रममा सहभागी हुन पौडेलले सुदुरपश्चिम प्रदेश, पाँच नम्बर प्रदेश तथा दुई नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणका कार्यक्रम तय गरेका हुन्।

पौडेलका जिल्ला भ्रमणका कार्यक्रम बैशाख ५ गतेबाट सुरु भएर बैशाख २४ गते सकिने उनका निजी सचिव चिरिन्जीवी अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार पौलेड  बैशाख पाँच गते पोखरा जाने कार्यक्रम छ।

त्यहाँ उनले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। यसैगरी बैशाख सात गते भैरहवाको रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधनलाई सम्वोधन गर्ने कार्यक्रम रहेको पौडलको निजी सचिव अधिकारीले जानकारी दिए।

बैशाख ८ गते रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने पौडेलले  बैशाख ९ गते रुपन्देही क्षेत्र नम्बर ७ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गरी काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

यसैगरी बैशाख १० गते  सप्तरीमा नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने तथा कांग्रेस सप्तरी क्षेत्र नम्बर २ ले आयोजना गरेको हनुमाननगर काङकालनी नगरपालिकाको भारदहमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

बैशाख १२ गते सिरहामा कार्यकर्तासँग भेटघाट गर्ने,  बैशाख १३ गते कांग्रेस रामेछाप नगरसमितिले आयोजना गरेको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी हुने, बैशाख १४ गते रौतहटको राजापुरमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया