२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

सन्दीप “इमरर्जिङ प्लेयर अवार्ड” को सूचिमा , यसरी गर्नुहोस भोट

1888 Shares
Spread the love

बैशाख ३ – नेपाली क्रिकेटका चर्चित खेलाडी स्पिनर सन्दीप लामिछाने “इमरर्जिङ प्लेयर”अवार्डको सूचिमा परेका छन् । हाल भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलिरहेका उनी “इमरर्जिङ प्लेयर”अवार्डको सूचिमा परेका हुन् । हरेक सिजनमा उत्कृष्ट खेल प्रर्दशन गर्ने युवा खेलाडीलाई दिईने यो अवार्डको दावेदार खेलाडीको रुपमा सन्दीप परेका हुन् । दिल्ली क्यापिटल्सबाट खेलिरहेका उनले सुरुवाती ४ खेलमा ५ विकेट लिएका उनी “इमरर्जिङ प्लेयर अवार्ड” को दावेदार खेलाडीमा परेका हुन् ।

उनीसंगै यस सूचिमा रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्सका राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल रहेका छन् । आफुलाई मन पर्ने खेलाडीलाई जिताउनका लागि भोट गर्न सकिन्छ । भोटिङ खुल्ला भईसकेको छ । हालसम्म पनि भोटिङमा सन्दीप नै अगाडी रहेका छन् । यो समाचार तयार पार्दासम्म सन्दीपले ६४ प्रतिशत भोट पाएका छन् । उनीपछि रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज रहेका छन् । उनले ३३ प्रतिशत भोट पाएका छन् । यसअघि यो अवार्ड दिल्लीकै रिसब पन्तले जितेका थिए । यो अवार्ड जित्नेले १० लाख भारु पुरस्कार पनि पाउँनेछ ।

सन्दीपलाई भोट गर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया