२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

औद्योगिक क्षेत्र निर्माणमा लगानी गर्न निजी क्षेत्रलाई अर्थमन्त्री खतिवडाको आह्वान

1649 Shares
Spread the love

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले औद्योगिक क्षेत्रको निर्माणमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । अर्थमन्त्री खतिवडाले प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न निजी क्षेत्रका उद्योगी/व्यवसायीहरुलाई आह्वान गरेका हुन् ।

सोमबार चितवनको भरतपुरमा प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश ५ का उद्योगीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रत्येक स्थानीय तहमा पनि औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरे । अर्थमन्त्री खतिवडाले उद्योगधन्दा स्थापनाका लागि सरकारले आवश्यक सबै खालको कानुनी, नीतिगत र संरचनागत सुधारको कामलाई तीव्रता दिएको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले सरकारले औद्योगिक सुरक्षा दिनेमा ढुक्क हुन पनि उद्योगीहरुलाई आग्रह गरे । औद्योगिक सुरक्षा बल प्रदान गरेर सबै उद्योगहरुमा सरकारले औद्योगिक सुरक्षाको प्रत्याभूति गराउने अर्थमन्त्री खतिवडाको भनाई छ । अर्थमन्त्री खतिवडाले त्यसका लागि सरकारले सबै सुरक्षा निकायसँग आवश्यक छलफल गरिसकेको पनि बताए । उनले उद्योगधन्दामा विध्वंशकारी गतिविधि हुन नदिन सरकार सचेत रहेको पनि दाहोर्याए ।

अर्थमन्त्री खतिवडाले सरकारले मुलुकको आर्थिक वृद्धिदर दोब्बर बनाउन निजी क्षेत्रबाट ५५ प्रतिशत लगानी भित्र्याउन चाहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया