२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

दुई तिहाइको दम्भले ओली सरकार फुलेको छ- पूर्व अध्यक्ष नगेन्द्र कुमाल

2534 Shares
Spread the love

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष नगेन्द्र कुमालले वर्तमान सरकार आदिवासी जनजातिविरुद्ध लागेको बताएका छन्। आज राष्ट्रिय सभा गृहमा आयोजित सत्ता बाहिरका दल समर्थित ११ विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा पूर्व सांसदसमेत रहेका कांग्रेस नेता कुमालले बताएका हुन्।

कार्यक्रममा कुमालले भने, ‘दुई तिहाइको दम्भले ओली सरकार फुलेको छ। बिदाहरु कटौती गरिएको छ। यो बहुसंस्कृतिविरोधी काम हो।’ उनले केपी ओलीको सरकारले जनजातिले मनाउँदै आएका चाडपर्वका बिदा काटेर बहुसंस्कृति विरुद्ध लागेको तर्क पेश गरेका छन् ।

नेता कुमालले अबको दिनमा आदिवासी ओली सरकारविरुद्ध लाग्नुको विकल्पसमेत नभएको धारणा कार्यक्रममा राखे ।

प्रतिक्रिया