२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

राखेप सदस्य शम्भु बास्तोलाको निधन

974 Shares
Spread the love

काठमाडौं – राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भु बास्तोलाको निधन भएको छ ।

लडेर गम्भीर घाइते बास्तोलाको उपचारका क्रममा गएराति निधन भएको हो ।

घाइते बास्तोलालाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल लगिएकामा त्यहाँ उपचारका क्रममा निधन भएको जनाइएको छ ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बास्तोलाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी बास्तोला खेलकुद विकासका लागि सक्रिय रहँदै आएका थिए । उनले देशका लागि विभिन्न अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

प्रतिक्रिया