२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्छु : सभापति देउवा

937 Shares
Spread the love

बनेपा । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र एकता खोज्नेहरुले व्यवहारमा पनि एकता प्रदर्शन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ को नौबिसेमा नेपाली काङ्ग्रेस क्षेत्र नं १ को पार्टी कार्यालय भवन शिलान्यास एवं बृहत् आमसभा कार्यक्रममा उनले भने, “म सधैँ पार्टीलाई एकताबद्ध बनाउने पक्षमा छु, यस कार्यमा सिटौलाजीले सहयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।” उनले सरकारले शान्तिसुरक्षा दिन नसकेको आरोप लगाए ।

पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले जनाताको चाहनाअनुसार काम गर्न नसकिरहेको अवस्थामा सरकारले गरेका त्रुटिलाई औँल्याएर पार्टी जनताका बीचमा पुग्न सक्नुपर्ने बताए। “एकता, सिद्धान्त, नीति र कार्यक्रमका आधारमा हुनुपर्छ,” उनले भने ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेल, शिवप्रसाद हुमागार्इं, जिल्ला सभापति मधुप्रसाद आचार्य लगायतले सो कार्यक्रममा आआफनो धारणा राखेका छन् । सो भवन निर्माण गर्न रु ११ लाखमा डेढ रोपनी ९२५ आना० जग्गा चार वर्षअगाडि खरीद गरिएको थियो । भवन शिलान्यास कार्यक्रममा पार्टीको नेता तथा कार्यकर्ताबाट रु १० लाख रकम जम्मा भइसकेको नेपाली काङ्ग्रेस क्षेत्र नं १ का सचिव गुणराज मोक्तानले बताए।

प्रतिक्रिया