1319
Shares
काठमाडौं– काठमाडौँ महानगरपालिकाले प्रधानमन्त्री दैवि प्रकोप उद्धारकोषलाई ४० लाख ३१ हजार ४ सय १३ रुपैँयाको चेक हस्तान्तरण गरेको छ ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा पुगि सो रकम हस्तान्तरण गरेका हुन् ।
वारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितलाई महानगरपालिकाबाट २५ लाख र कर्मचारीको एक दिनको तलब सहयोग गर्ने निर्णय महानगरपालिकाले यस अघि नै गरेको थियो ।