२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

टोटनह्यामसँग म्यानचेस्टर सिटीको हार

1021 Shares
Spread the love

काठमाडौं – टोटनह्यामले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

आफ्नै घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई १–० गोलअन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा सन हेयुङ मिनले गोल गरे । उनकै गोलमा बलियो टिम म्यानचेस्टर सिटीमाथि टोटनह्यामले जित निकालेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको टोटनह्यामले खेलको दोस्रो हाफमा गोल गर्न सफल भयो । खेलको ७८औं मिनेटमा मिनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए ।

खेलअवधिभर भने म्यानचेस्टर सिटीले बल आफ्नो पकडमा राखेको थियो । तर गोल गर्न भने सकेन ।

प्रतिक्रिया