२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“श्रमको मुल्य तिर्नुपर्दा शोषणका पक्षपातिहरुलाई जहिले १ सय ५ डिग्रीको ज्वरो आउछ”– मन्त्री बास्कोटा

1721 Shares
Spread the love

काठमाडौं– सरकारले सबै सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक दिनुको विकल्प नभएको भन्दै त्यससम्बन्धी निर्णय पुनर्विचार नहुने स्पष्ट पारेको छ ।

नेपाल पत्रकार महासघमा मंगलबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले न्यूनतम पारिश्रमिक लागू गर्ने सन्र्दभमा सरकारले निर्णय गरिसकेकाले अब त्यसको कार्यान्वयन गरिने बताएका हुन् । पत्रकारलाई श्रमको मुल्य देउ भन्दा अधिनायकवाद भन्नु गलत भएको भन्दै उनले प्रेस स्वतन्त्रताको नाममा श्रमको शोषण गर्ने प्रवृतिको अन्त्य गरेरै छाड्ने बताए ।

उनले भने, ‘श्रमको मुल्य तिर्नुपर्दा शोषणका पक्षपातिहरुलाई जहिले पनि १ सय ४ होइन १ सय ५ डिग्रीको ज्वरो आउछ । त्यो ज्वरो आइरहेको म देखिरहेको छु । हेरिरहनेछु । जुन दिन सम्म म यहाँ नेतृत्व गरिरहने छु । म व्याक हुन्न । व्याक हुनुपर्ने कुनै अपराध गरेको छैन ।’

उनले नक्कली कागजात बनाएर स्वतन्त्रताको लडाई लड्ने विषयमा सरकारलाई झुक्काउने प्रयास नगर्न पनि सचेत गराए । खास गरेर ठुला मिडिया सञ्चालकहरुप्रति निकै आक्रामक देखिएका मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक उपलब्ध गराए/नगराएको बारेमा कडा निगरानी गरिने चेतावनी दिए ।

न्यूनतम पारिश्रमिक लागू गर्ने विषय खासमा सरकारको भन्दा पनि पत्रकार र तीनसँग सरोकार राख्ने संस्थाको एजेण्डा हुनुपर्ने बताए । उनले भने, ‘म सोध्नु चाहन्छु , यो मुद्दा कसको हो ? सरकारको हो या १२ हजार श्रमजीवीको ?’

आफ्ना विरुद्ध जति नै आलोचना गरेपनि त्यसको कुनै अर्थ नरहेको भन्दै उनले भने, ‘पत्रकारलाई पारिश्रमिक देउभन्दा अधिनायकवाद भन्नु दिउँसै रात पारे जस्तो हुने’ टिप्पणी गरे । कार्यक्रममा सहभागीहरुले न्युनतम पारिश्रमिक लागू गर्ने सवालमा साना र ठुला मिडिया हाउसको वर्गीकरण गरेर सोही अनुसारको व्यवस्था गर्न माग गरेका थिए ।

प्रतिक्रिया