चैत्र २६- भारतको चर्चित क्रिकेट लिग आइपीएलमा विराट कोहलीको कप्तानीमा रहेको टिम रोयल च्यालेञ्जर्स बेङ्लोरले लगातार खेल हारेपछि उनीमाथि यतिबेला विभिन्न प्रश्नहरु उठिरहेका छन् । आइपीएको उद्घाटन खेलदेखि नै बेङ्लोरलेको प्रर्दशन राम्रो छैन । यही कारण पनि विराट आलोचनामा आईरहेको बेला गौतम गम्भीरले विराटको कप्तानीमाथि प्रश्न उठाएका छन् । आइपीएलमा लगातार हार बेर्होेरेको भन्दै उनले विराटको कप्तानीमाथि नै आलोचना गरेका हुन् । गम्भीरले खेलाडीको रुपमा विराट निकै राम्रो रहेको तर कप्तानीको रुपमा भने उनी अझै पनि सिकारु नै भएको बताए ।

उनले भनेका छन “आइपीएलमा बैंगलोरले कुनै कमाल देखाउन सकेको छैन । पछिल्लो बर्ष यो टिमले मार्कस स्टोइनिस र नाथन कुल्टरलाई टिममा सामेल ग¥यो जबकी उनलाई थाहा थियो की यी दुबै खेलाडी सुरुवाती टिमका लागि उपलब्धीमुलक हुने छैन। हो विराटको ब्याटिङ उत्कृष्ट छ तर कप्तानीको रुपमा उनलाई अझै पनि सिक्न आवश्यक छ । विराटले पछिल्ला हारको जिम्मा बलरहरुमाथि लगाए । तर उनले हारको जिम्मेवारी आफैले लिनु पर्छ” ।
त्यसोत गम्भीरले विराटको आलोचना पहिलो पटक भने गरेका होईनन् । उनले यसअघि पनि विराटको कप्तानीमाथि आलोचना गर्दे आएका छन् । यी दुईबीच त खेलकै क्रममा कयौ पटक झगडा नै पनि परिसकेको छ । गम्भीरले भने आइपीएलमा कोलकत्ता नाइट राइर्डसको कप्तानी सम्हालेर उपाधी समेत जिताईसकेका छन् । भर्खरै मात्र उनी राजनितीमा समेत प्रबेश गरेका छन् । उनले मोदीबाट प्रभावित भएको भन्दै भाजपामा प्रबेश गरेका हुन् ।
