चैत्र २६ – भारतले पाकिस्तानको एफ १६ लडाकु विमान खसालेको दाबी गर्दे आएको थियो तर अमेरिकाले पाकिस्तानको उक्त विमान सुरिक्षत रहेको र भारतले अन्तरािष्ट्रय क्षेत्रमा नै भ्रम सृजना गरेको भन्दै समाचार प्रकासन ग¥यो । अमेरिकी पत्रिकाको उक्त समाचारपछि भारत आगो भयो । उसले उक्त समाचारलाई बहिष्कार गर्दे आफुसंग विमान खसालेको प्रमाण नै भएको दाबी गरेको छ । उसको यो दाबी अझै सकिएको छैन । हिजोमात्र भारतले पाकिस्तानको एफ १६ लडाकु विमान खसालेको तस्बिर पनि सार्वजनिक गरेको छ । यता पाकिस्तानले भारतले सार्वजनिक गरेको तस्बिर र दाबी झुठो भएको बताएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीटरमाफर्त भारतले बारम्बार झुठको खेती गरिरहेको आरोप लगाएका छन् ।

उनले पटक पटक भन्दैमा झुठ कहिल्यै साचो नहुने बताएका छन् । उनले लेखेका छन “पटक पटक भन्दैमा झुठो कुरा साँचो हुँदैन भारतीय वायु सेनासंग एफ १६ विमान खसालेको प्रमाण छ भने त्यसलाई उ किन देखाउदैन । भारतीय पक्षबाट भएको नोक्सान र हानीको बारेमा पाकिस्तानको मौनतालाई नजरअन्दाज नगरियोस । सत्य त यही हो की पाकिस्तान सेनाले बरु भारतको २ लडाकु विमान खसाल्यो । जसको प्रमाण नै जमिनमा सबैले देखेका छन्” । यता भारतीय वायु सेनाले भने आफनो दाबी छोडेको छैन ।
सेनाले एफ १६ नष्ट गरेको कयौँ गोप्य कुराहरु सार्वजनिक गर्न सुरक्षा र गोपनियताको नियम उल्लघंन हुने भन्दै त्यसलाई सार्वजनिक गर्न नमिल्ने बताएको छ । भारतीय सेनाका एयर वाइस मार्शल आरजीवी कपुरले भने “फेब्रुअरी २७ मा पाकिस्तानको एफ १६ विमानलाई भारतको मिग २१ बाइसनले खसालेको थियो । तर यसमा कुनै शंका छैन की उक्त दिन २ वटा विमान खसेको थियो जसमा एक भारतको थियो भने एक पाकिस्तानको एफ १६” । उनले अभिनन्दनले नै पाकिस्तानको उक्त विमान खसालेको दाबी गरेका छन् ।