२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

राप्रपा अध्यक्ष कमल थापासहित ३ नेता प्रहरी नियन्त्रणमा

1099 Shares
Spread the love

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ३ नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजधानीको पद्मोदय मोडबाट अध्यक्ष थापासहित नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा अध्यक्ष थापा, नेता बुद्धिमान तामाङ,दिपक बोहोरा लगायत रहनुभएको पार्टी प्रवक्ता मोहन श्रेठले जानकारी दिए ।

हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गरेको थियो ।

दर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया