चैत्र २५- चीन र भारतबीच पनि भित्री सम्बन्ध खासै राम्रो भएको देश होईन । यी दुई देश सैनिक , हतियार , व्यापार लगायतका कुराहरु निकै प्रतिष्पर्धा गर्छन् । सीमालाई लिएर पनि बेला बेलामा यी दुई देशबीच बिवाद हुने गरेको छ । यता जैस ए मोहम्म संगठनका मुखिया मसूद अजहरलाई आतंककारी घोषित गर्ने भारतको सपनामा चीनले पुन: घात गरेपछि भारत चीनसंग रुष्ट छ त्यतीमात्र होईन चीनले पाकिस्तानलाई आर्थिक साहयता गर्दा पनि उ असन्तुष्ट छ । भारतले चीनलाई पाकिस्तानलाई आर्थिक सहयोग दिएर आंतकवादलाई संरक्षण गरिरहेको आरोप लगाउँछ । यसबीचमा चीनले गरेको एक निमन्त्रणा भारतले अस्वीकार गरेको छ ।

चीनले निकट समय गर्न लागिरहेको बेलट एण्ड रोड फोरम बैठकमा भाग लिनका लागि भारतलाई निमन्त्रणा गरेको थियो । तर भारतले चीनको यो बैठकले उसको सम्प्रभुता उल्लघंन गर्छ भन्ने निर्णय गर्दे चीनको निमन्त्रण अस्वीकार गरेको हो । यसअसघि २०१७ मा भएको पहिलो बैठक पनि भारतले अस्वीकार गरेको थियो । पछिल्लो केही बर्ष भारत र चीनको सम्बन्ध केही सुधार भएको थियो । जसको कारण पनि यस पटक भने भारतले उक्त बैठकमा भाग लिन सक्ने अनुमान गरिएको थियो । यता २०१८ मा पनि मोदीले चीनका राष्ट्रपति सि जिनपिंगबीच भेटघाट भएको थियो । गरेका थिए । सोही कारण उक्त बैठकमा भारतले आफनो प्रतिनिधी पठाउन सक्ने अनुमान गरिएको थियो तर भारतको रुष्टता भने सकिएको छैन।
