काठमाडौं – नेपाली कांग्रेसका युवा नेता चिन्तन पौडेलले नेपाली राजनिति धनवाद र डनवाद ले गर्दा सम्मानित हुन नसकेको बताएका छन् । नेता पौडेलले एक कार्यक्रममा बोल्दै नेपाली राजनितिमा धन र डनवादको प्रयोगले नेपाली राजनीति सम्मानित हुन छाडेको बताएका हुन । नेपाली राजनीति २ वर्गले चलाएको
उनको बुझाई छ ।
उनले २ वर्गलाई परिभाषित गरेका छन् पहिलो
निष्ठा र आदर्श
निष्ठा र आदर्शको राजनीति गर्ने सदैव जनता प्रति र देश प्रति समर्पित हुन्छ । आफ्नो स्वार्थको लागि देश र जनतालाई कहिल्यै पनि धोका दिदैनन । बरु आफ्नो राजनीतिलाई नै जोखिममा राखेर देश र जनताको सेवामा समर्पित हुन्छन । यिनमा नैतिकता हुन्छ । अध्ययन गरेर प्रस्तुत हुन्छन् । प्रगति गर्न यस प्रकारका नेतृत्व वर्गलाई कठिन हुन्छ । नेपाल जस्तो देशमा यिनको कर्मको मुल्यांकन राम्रोसँग भएको हुन्न । खुट्टा तान्ने र अन्तर्घातको समेत सामना गर्न पर्ने हुन्छ ।
धनवाद र डनवाद
नेपालको राजनीतिको नयाँ वर्ग हो यो । यो वर्ग निष्ठा र आदर्शमा विश्वास गर्दैन । किनवेच र गुटबन्दी यो वर्गको बलियो पक्ष हो । वाद विवाद , समिक्षा भन्दा धम्की र अधिनायकवाद मार्फत आफ्नो पक्ष बलियो पार्नमा तल्लिन हुन्छ । आफ्नो समर्थन नगर्नेलाई समेत पैसा र बल प्रयोग गरेर आफ्नो पक्षमा पार्न खोज्छ । यो नेपालको राजनीतिमा गडेको र जमेको देखिन्छ र आफुलाई कसैले जित्न नसक्ने समेत ठोकुवा गर्छ । धेरै अन्य कमजोरी भए पनि आफ्नो बलियो गुट बनाउन सफल भएकोले यो वर्ग नेपाली राजनीतिमा हावि छ ।
हामी राजनीति सम्मानित हुन पर्छ भन्छौं तर राजनीतिमा भएको विकृतिको विरुद्द कोहि बोल्न सक्दैनौं र खोज्दैनौं पनि ।
यहाँ ब्याप्त समस्या बारे अध्ययन गरौं अनि राम्रो काम गर्नेलाई सम्मान गर्ने संस्कार निर्माण गरौं । तब मात्र राजनीति सम्मानित हुन्छ । र शुद्द राजनीतिले मात्र देश विकास हुन्छ भन्ने प्रचारमा जुटौं ।