बलिउडकी चर्चित नायिका उर्मिला मातोंडकर आगामी चुनावका लागि उम्मेद्वारकोरुपमा मैदानमा उत्रिएकीछिन् । हाल पर्दाबाट टाढै रहेकी उनी कांग्रेसमा प्रबेश गर्दे उत्तर मुम्बईबाट चुनाव लड्दैछिन् । उनले राजनितीमा प्रबेश गरेसंगै उनी बिवादमा पनि आईन् । उर्मिलाले कांग्रेसमा प्रबेश गरेसंगै भाजपाले उनले पाकिस्तानी युवकसंग बिवाह गरेको भन्दै हल्ला फैलाए जबकी उनको श्रीमान कश्मिरका मुस्लिम युवक हुन् । यता एक जना नायिका पायल रोहतगीले समेत उर्मिलाले मुस्लिम धर्म स्वीकार गरेर बिवाह गरिसकेको अवस्थामा हिन्दु नामबाट चुनाव नलड्न र जनतालाई भ्रममा नर्पान भन्दै आक्रोस व्यक्त गरेकी थिईन् ।

कांग्रेसमा प्रबेश गरेसंगै बिवादमा आएकी उर्मिलालाई यतिबेला हिन्दु धर्ममाथि गलत बयान दिएको भन्दै गाली बर्सिएको छ । उनले एक टेलिभिजनमा अन्तरवार्ताको क्रममा हिन्दु धर्म विश्वमै सबैभन्दा हिस्रंक धर्म भएको भन्दै अभिव्यक्ति दिएकी थिईन् । उनको यस्तो अभिव्यक्तिपछि भारतीय हिन्दुहरु आक्रोसित बनेका हुन् । उनको यस्तो अभिव्यक्तिपछि भाजपाका प्रवक्ता सुरेश नखुआ नाम गरेका व्यक्तिले उर्मिलाबिरुद्ध क्रिमिनल उजुरी दिएका हुन् । जसमा राहुल गान्धीलाई समेत मुछिएको छ ।
उनले मुस्लिमसंग बिवाह गरेको कारण नै उर्मिलो हिन्दुहरुको मन दुखाउँदै यस्तो अभिव्यक्ति दिएको आरोप लगाईएको छ । यता उर्मिलाले आफनो चुनावी ¥यालीमा पाइलट अभिनन्दनको तस्बिर प्रयोग गरेको भन्दै आलोचना पनि गरिएको छ । स्मरण रहोस उर्मिलाले हाल चुनाव लड्न लागेको उत्तर मुम्बईबाट कुनै समय बलिउड नायक गोविन्दाले सन् २००४ मा कांग्रेसबाट नै चुनाव जितेका थिए ।
