२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

नेबिसंघ नेता लामिछानेको कॉंग्रेस सभापतिलाई १० प्रश्न ???

2621 Shares
Spread the love

संस्थापनइतर पक्षका पार्टि जिल्ला सभापतिहरुको ठमेलमा गोप्य भेला चलिरहदा जिल्ला सभापतिहरुको भेलालाई विभिन्न तरिकाले विश्लेषण भइरहरहदा नेपाल बिद्यार्थीसंघ चितन जिल्लाका नेता श्रीकृष्ण लामिछानेले पार्टि सभापतिहरुको भेलालाई समर्थन जनाउदै नेपाली काँग्रेसपार्टि सभापति शेरबहादुर देउवालाई दस प्रश्न गरेका छन् ।

१) तिनै तहको निर्वाचनमा भएको लज्जास्पद पराजयको जिम्मा कस्ले लिने हो ? केन्द्रिय सभापति या जिल्ला सभापतिहरुले ।

२) स्थानिय निकाय , प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बाटोमा भेटिएका नेपाका माओवादी , राजपा , राप्रपा , राप्रपा नेपाल , नयाँ शक्ति लगाएतका पार्टीसंगको सहकार्यले आज कांग्रेसलाई कति फाईदा पुर्यायो वा व्यफादा गर्यो , कांग्रेसले कुन उचाई प्राप्त गर्यो ? यस्को जवाफ कस्ले दिने केन्द्रिय सभापति या जिल्ला सभापतिहरुले ।

३) आफुलाई संसदीय प्रणाली हिमायती ठान्ने लोकतन्त्रको गुरु मान्ने कांग्रेसले पार्टी भित्रको आन्तरिक राजनीतिको संसद मानिने ” महासमितिको बैठक” ले गरेका निर्णयहरु केन्द्रिय समितिमा आफ्नो पक्षको बहुमत छ भन्दै उल्टाउनु कुन लोकतन्त्रीक चरित्र हो, विश्व भरिका कुनै लोकतन्त्रीक राजनीति पार्टीमा यस्तो खालको अभ्यास भएर त्यस्को नन्कल गरिएको हो की ? यस्को जवाफ केन्द्रिय सभापति या जिल्ला सभापति हरुले दिने हो ।

४) लोकतन्त्रको हिमायती कांग्रेस जस्तो पार्टी प्रमुख प्रतिपक्षी दल भएर पनि कम्निष्ट अधिनायकवादी सरकारले ल्याएको निति तथा कार्यक्रमलाई समर्थन गर्न मिल्छ , यस्ले कांग्रेसलाई कति फाईदा वा व्यफाईदा पुर्यायो ? यस्को जिम्मेवारी केन्द्रिय सभापति या जिल्ला सभापतिहरुले लिने हो ।

५) बिखण्डकारी सिके राउत संग सरकारले गरेको सम्झौता पहिले स्वागत गर्ने पछि राष्ट्रधाती सम्झौता भन्दै विरोध गर्ने यस्ले कांग्रेसलाई कति फाईदा वा व्यफाईदा गर्यो , यस्को जिम्मा कस्ले लिने ? केन्द्रिय सभापति या जिल्ला सभापति हरुले ।

६) चन्द ( विप्लव ) समुहका गतिविधि माथि सरकारले लगाएको प्रतिवन्धलाई पहिला ठिक हो भन्ने पछि वार्ता द्वारा समस्या समाधान गर्नु पर्छ भन्ने यस्तो बोलिले कांग्रेसलाई फाईदा गर्यो वा व्यफाईदा गर्यो ? यस्को जवाफ केन्द्रिय सभापति दिने या जिल्ला सभापतिहरुले दिने हो ।

७) राजदुत काण्ड , आई जि पि काण्ड र प्रधानन्याधिश काण्ड ले कांग्रेसलाई के कति फाईदा पुर्यायो , यस्को जवाफ पनि कस्ले दिने हो ? केन्द्रिय सभापति या जिल्ला सभापतिहरुले।

८) तरुण दल चार जनामा समित पारी देश भरिका तरुणलाई काहाँ जाउ भनेको हो ? (अन्य पार्टीमा या अरव) यस्ले कांग्रेसलाई कति फाईदा पुर्यायो , यस्को जवाफ कस्ले दिने हो ? केन्द्रिय सभापति या जिल्ला सभापतिहरुले ।

९) कांग्रेस एंव लोकतन्त्रको नर्सरिको रुपमा रहेको ने वि संघ अधिवेशन उन्मुख हुदा हुदै किन विघटन गरियो , यस्ले कांग्रेसलाई कति फाईदा पुर्यायो , अहिले ने वि संघ केन्द्रिय समिति कहा छ , बुढानिलकण्ठ या सानेपा ? यस्को जवाफ पनि केन्द्रिय सभापति या जिल्ला सभापतिहरुले ।

१०) लोकतन्त्रमा जित हार हुन्छ नै २०५१ र २०६४ मा कांग्रेस हारेकै हो तर पनि नेता कार्यकर्ता को आत्मविश्वास एंव मनोवल हारेको थिएन , राजनीति को केन्द्र कांग्रेस नै थियो , सारा नेपाली अनि विश्व समुदाय कांग्रेसले के बोल्छ अनि के गर्छ भनेर कान ठाडा पारिरहेका हुन्थे , तर आज कांग्रेसको अवस्था के छ , यस्को जवाफ कस्ले दिने हो ? केन्द्रिय सभापति या जिल्ला सभापतिहरुले ।

प्रतिक्रिया