२०८३, १० कार्तिक सोमबार
×

मोदीको सुरक्षामा खटिएका प्रहरी नै नक्कली

1302 Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को सुरक्षाार्थ खटिएकी एक नक्कली प्रहरी प्रक्राउ परेकीछिन् । सुरक्षाको दृष्टीकोणमा पनि मोदीमाथि धेरै खतरा छ तर उनकै सुरक्षार्थ खटिएको प्रहरी नै नक्कली भएको खुलासा भएको छ । २८ मार्चमा मेरठमा भएको चुनावी सभामा जोया नाम गरेकी महिला प्रहरीलाई प्रहरी संगठनले नै कंकरखेडा र दौरालामा सुरक्षाका लागि खटाएको थियो । उनले संगठनलाई आफैले मोदीको सुरक्षामा आफुलाई पठाउन माग गरेको थिईन् समाचारमा भनिएको छ । जोयाले मोदीको सुरक्षामा खटिएको बेलामा निलो बत्ती बालेर लग्जरी गाडी चलाउने गरेको बताईएको छ । बिगत ३ बर्षदेखि जोयालाई ठुलो अफसर मानेर उनलाई कयौँ प्रहरीहरुले सलाम पनि ठोक्थे ।त्यतीमात्र होईन प्रहरी अधिकारीहरुले उनको नम्बर समेत आफनो मोबाइल सेटमा सेभ गरेर राखेका थिए । उनले अन्य प्रहरीहरुसंग पनि प्रहरीकै ठाँठमा कुरा गर्ने र हैकम चलाउने गरेको बताईएको छ । उनको व्यवहारकै कारण तीन बर्षदेखि कसैले पनि उनी नक्कली प्रहरी होला भनेर अनुमान गर्नै सकेनन् ।  जोयाले नक्कली प्रहरी भएको खुलासा भएपछि प्रहरीहरु समेत यतिबेला तीनछक खाएका छन् । यता प्रहरीले मोदीको सुरक्षामा ठुलो गल्ती गरेको भन्दै आलोचना पनि भईरहेको छ ।  प्रहरीले जोयाको खुलासा भएपछि उनीमाथि प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया