नेपाल विद्ययार्थी संघ भरतपुर महानगरपालिका वडा नं. १४ ले अन्तरकृया कार्यक्रम गरेको छ । संघमा देखिएको कमिकम्जोरीलाई शुद्धिकरणका लागी नेवि संघले चैत्र १६ गते अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल विद्ययार्थी संघ वडा नं. १४ का वडा अध्यक्ष विजय मल्लको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य एंव पुर्व पार्टी सभापति रामकृष्ण घिमिरेको प्रमुख आतिथ्यता , पुर्व पार्टी सभापति कृण्णलाल सापकोट र पुर्व पार्टी सभापति टेकप्रसाद गुरुङ को विशिष्ट अातिथ्यता कार्यक्रम सपन्न भएको थियो । नेवि संघको आगामी हुने निर्वाचनमा अन्तरकृया र्कायक्रमले टेवा पुर्याउने भन्दै देश भरी रहेका सम्पूर्ण नेवि संघका पदादीकारीलाई अन्तरकृया कार्यक्रमको आयोजना गरी देखिएको समस्यालाई समाधान गर्न घिमिरेले आग्रह गर्नु भएको छ ।

त्यस्तै बोल्ने वक्ताहरुले केन्द्रिय नेतृत्वको कमी कमजोरी ले गर्दा नै कांग्रेसको नर्सरिको रुपमा रहि वर्षेनी हजारौँ नेता कार्यकर्ता उत्पादन गर्ने ने वि संघ नेतृत्व अाज बिहिन भएको कांग्रेसका सम्पुर्ण भातृसंघसंस्था तुरुस्त दुरुस्त रुपमा काम गर्ने सकेका छैन्न ।
विरलै मात्र एटै मञ्च देखिने यि चितवन कांग्रेसका हस्तीहरुलाई एटै मञ्चमा भए संगै अब कांग्रेस चितवनलाई थप नयाँ उर्जा दिने भएका नेता कार्यकर्ता धेरै खुसी भएका छन्न् । यि तिनै नेतालाई एटै मञ्चमा उभ्याउने काम ने वि संघ चितवनका अध्यक्ष सुर्य ढकाले गरेका हुन्न् ।

कार्यक्रममा पुर्व पार्टी सभापति कृष्णलाल सापकोटा, टेक प्रसाद गुरुङ, ने वि संघ निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल, ने का क्षेत्र नं ४ का कार्वभाहक सभापति अमृत बानियाँ , ने वि संघ चितवनका अध्यक्ष सुर्य ढकाल , वढा अध्यक्ष अोम प्रसाद पोख्ररेल , ने वि संघ चितवनका उपाध्यक्ष प्रकास भण्डारी , ने वि संघ चितवनका उपाध्यक्ष दिनेष पौडेल , ने वि संघ चितवनका सचिव गणेश रिजाल लगायत सयौं नेता कार्यक्रमहरु सहभागिता रहेको थियो ।