२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

एएफसी कप : घरेलु मैदानमै आबहानीसँग मनाङ पराजित

2626 Shares
Spread the love

काठमाडौं । एएफसी कप फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा मनाङ मर्स्याङदी क्लब घरेलु मैदानमै पराजित भएको छ ।

बुधबार भएको खेलमा मनाङ ढाकाको अबहानी युनाइटेडसँग १–० गोलले पराजित भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङविरुद्ध आबहानीले पहिलो हाफमा १–० गोलको अग्रता बनाएको थियो ।

खेलको २९ औं मिनेटमा अबहानीले सुरुवाती अग्रता दिलाएका थिए । अबहानीका लागि मासिया साईघानीले गरेको गोल नै खेलमा निर्णायक गोल बन्न पुग्यो ।

यसअघि ११ औं मिनेटमा सुजल श्रेष्ठले डी(बक्स भित्रबाट गरेको प्रहार अबहानीका गोलरक्षक साहिदुल अलमले सजिलै बचाउ गरे । १३ औं मिनेटमा अन्जन बिष्टको प्रहार साहिदुलले क्लियर गरि दिए ।

दोस्रो हाफमा पनि मनाङले पाएको सुवर्ण अवसरहरु सदुपयोग गर्न सकेन । लिग च्याम्पियन भएपछि एएफसी कप खेल्ने अवसर पाएको मनाङ घरेलु मैदानमा ढाकाको सामना गर्नुपरेको हो ।

प्रतिक्रिया