२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

म्यानमारसँग नेपाल ३-१ गोलले पराजित

1138 Shares
Spread the love

काठमाडौं – ओलम्पिक छनोट फुटबलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ । समूहको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ३-१ ले पराजित भएको हो ।

म्यानमारको जितमा विङ टिङले दुइ गोल गरिन् । पहिलो हाफमा १-१ को बराबरी खेलेको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा २ गोलको शिकार भयो । म्यानमारका लागि ७ नम्बर खेलाडी विङ टिङले ४८ औं मिनेटमा टोलीको अग्रता २-१ मा पुर्‍याएकी थिइन् ।

उनले इन्जुरी समयमा अर्को गोल गर्दै टोलीको जित ३-१ ले सुनिश्चित गरिन् । नेपालले पाएका सुन्दर अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु पर्‍यो । नेपालकी सावित्रा भण्डारीले ५४ औं मिनेटमा गरेको प्रहार बाहिरिएको थियो । लगत्तै उनले पाएको अवसर म्यानमारकी गोलकिपरले रोकेकी थिइन् ।

मन्डलार थिरी रंगशालामा नेपालले पहिलो हाफको अन्तिम समयमा बराबरी गोल फर्काउँदै पुनरागमनको प्रयास गरेको थियो । नेपालकी कप्तान निरु थापाले २२ औं मिनेटमा म्यानमारले लिएको अग्रता अन्तिम समयमा बराबरी गरेकी थिइन् ।

पहिलो हाफमा पनि नेपालले गोल गर्ने अवसर खेर फालेको थियो । समुह ए को पहिलो खेलमा पराजित नेपालले अब शनिबार भारतसँग खेल्नेछ ।

प्रतिक्रिया