नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीभित्रै आफनो आलोचना भईरहेको भन्दै चित्त दुखाएका छन् । दाङको लमहीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफुले बर्तमान सरकारको खुलेर आलोचना गरिरहेको समय पार्टीभित्र भने नेता तथा कार्यकर्ताहरुले आफनै बिरोध गरिरहेको बताए । सम्मेलनमा भने ‘म सरकारको विरोध गरिरहेको छुँ । साथीहरु मेरै विरोध गरिरहेका छन् । म ओली सरकारको खिलाफमा जान्छु । आफ्नै साथी मेरो खिलाफ गर्छन् ।’ उनले आफुबिरुद्ध परेको उजुरी भ्रमपुर्ण रहेको समेत बताए ।उनले प्रतिपक्षको भूमिका कमजोर नरहेको दाबी गरे । रेलिङ्ग भाच्ने र तोडफोड मात्रै गर्ने प्रतिपक्षको काम नरहेको बताए । देउवाले भने ‘सधैँ रेलिङ्ग भाच्ने काम हाम्ले गर्या छैन् । फेरि चाहनुहुन्छ भने त्यो पनि गरौँला नी’ देउवाले भने–‘ तर तोडफोड गर्ने काम हामीबाट हुँदैन, रेलिङ्ग भाच्ने, आगो लगाउने, तोडफोड गर्ने काम त गलत कुरा हो ।’ उनले फरक प्रसंगमा सिके राउतसंगको सहमतिका बारेमा पनि बोल्दै जनमत संग्रह भन्दै देश टुक्राउने नपाईने बताए । उनले सिके राउत तथा विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा सरकारले ल्याउनु पर्ने बताए ।