२०८३, १० कार्तिक सोमबार
×

बेलायती सदनमा अर्धनग्न प्रर्दशन गरेपछि

848 Shares

लन्डन । सोमबार ब्रिटीस तल्लो सदन (हाउस अफ कमन) अनौठो शैलीले अवरुद्ध गर्ने प्रयास गरिएको छ । ब्रेक्जिटसम्बन्धमा वहस चलिरहको सो सदनमा केही प्रर्दशनकारीहरुले अर्धनग्न प्रदर्शन गरे । सर्वसाधरण ग्यालरीको सिसाबाट प्रदर्शनकारीहरुले २० मिनेटसम्म तल च्याम्बरमा अर्धनग्न भई प्रर्दशन गरेका हुन् । प्रदर्शनकारीहरुले आफ्नो छातिमा ‘सबैको लागि जीवन’ र ‘एसओएस’ जस्ता नाराहरु लेखेका थिए । प्रर्दशनकारीहरु नहटेपछि प्रहरीले हस्तक्षेप पनि गरेको छ । लेबर सांसद पिटर काइलले भाषण गरिरहँदा प्रदर्शन सुरु भएको थियो । प्रहरीले उनीहरुलाई अर्धनग्न अवस्थामा नै एक एक गरेर बाहि¥याएको थियो ।

notext

काइल बोलिरहँदा कन्जरभेटिभ सांसद जस्टिस ग्रिनिङले नग्न प्रदर्शनकारीतर्फ संकेत गर्दै ‘तर्कलाई यसरी नग्न प्रस्तुत गरेकोमा काइललाई’ बधाई दिए । जवाफमा काइलले ग्रिनिङलाई उनको ‘अभद्र हस्तक्षप’को लागि धन्यवाद दिए । त्यस्तै कन्जरभेटिभ निक बोल्सले पनि काइल्सको भाषण र नग्न प्रदर्शनलाई जोडेर ‘यस्तो ध्यान तान्ने परिणामको भाषण प्रस्तुत गरेकोमा’ धन्यवाद दिए ।

साथै उनले ‘एक परिचित नग्नवादी’ सहित आफ्ना पार्टीका धेरै सहकर्मीहरु सदन छुटेको भन्दै अनुपस्थितप्रति पनि व्यङ्ग्य गरे । प्रर्दशनकारीहरुलाई हटाएपछि सभामुख जोन बरकोले प्रहरी अधिकारीहरुलाई धन्यवाद दिएका थिए । यता अर्धनग्न प्रर्दशनपछि एक अधिकारीकर्मी मार्क ओभल्याण्डले जलवायु परिवर्तन बारे बेलायत सरकारले लापरवाही गर्दे बेवास्ता गरेको भन्दै प्रर्दशनकारीहरुले ब्रेक्जिटबारे बहष चलिरहँदा ध्यान आर्कषित गर्न खोजेको भन्दै प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया