काठमाडौं– अप्रिल १० तारिखदेखि १८ तारिखसम्म मलेसियामा आयोजना हुन लागेको यु–१९ बिश्वकपका लागि एशिया क्वालिफायर छनोट खेलका लागि रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्य नेपाली यु–१९ टोलीको नाम सार्वजनिक गरिएको छ ।
नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन् । नेपाली टोलीमा अभिषेक बस्नेत, भिम सार्की (जोन्टी) हरिकुमार चौहान, कमल सिह ऐरी, कुशल मल्ल, मोहम्मद आसिफ शेक, पवन सराफ टोलिमा परेका छन् ।
त्यस्तै प्रतिस जिसी, राशिद खान, रित गौतम, सागर ढकाल, सन्दीप जोरा र सुर्य तामाङ १४ सदस्यीय टोलीमा परेका हुन् । साथै बैकल्पिक खेलाडीमा आकाश चन्द, लोकेश बहादुर बम, रवि कुमार शाह र शेर मल्ल रहेका छन् ।
नेपाली टोलीको प्रमुख प्रशिक्षकमा बिनोद कुमार दास रहेका छन् । नेपाली टोलीको म्यानेजरमा रमन सिवाकोटी र फिजिओमा बिक्रम न्यौपाने रहेका छन् । नेपाली टोलीले यु–१९ बिश्व कपमा पुग्न यो एशिया क्वालिफार प्रतियोगिता जित्नु पर्नेछ ।
नेपालले अप्रिल १२ तारिकमा सिङगापुरसंग खेल्नेछ भने १३ तारिकमा युएईसँग १५ तारिकमा घरेलु टोली मलेसियासँग १६ तारिकमा ओमानसँग र अप्रिल १९ मा कुवेतसँग खेल्ने तालिका रहेको छ ।
