२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

आइपीएलः आज बैंगलोर र राजस्थानबीच खेल हुँदै

1239 Shares
Spread the love

इलाम– भारतको क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपीएल)मा आज बैंगलोर र राजस्थानबीचको खेल हुँदैछ । भारतीय कप्तान विराट कोहोलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोर र भारतीय ब्याट्समेन अजिङके राहनेको कप्तानीमा रहेको राजस्थान रोयल्सबीच नेपाली समय अनुसार बेलुका ८ः१५ बजे राजस्थानको होमग्राउण्ड जयपुरमा खेल हुने छ ।

यस अघि तीन–तीन वटा खेल खेलिसकेका दुवै टोली पहिलो जितको खोजीमा रहका छन् अंक तालिकाको पुछारमा रहेको आसीवी र सातौँ स्थानमा रहको आरआरमा आज जुन टीमले जित निकाले पनि २ अंक जोड्ने छन् ।

बैंगलोरमा विश्वका सवैभन्दा राम्रा ब्याट्समेनन विराट कोहोली, विष्फोटक व्याट्समेन एबी डेविलियन्स, जस्ता राम्रा ब्याट्मेन रहेका छन् भने विकेट किपरमा पार्थिव पटेल, बलरहरु न्युजरल्याण्डका तीव्र गतिका बलर टिम साउथी, भारतीय बलरहरु उमेश यादव, मोहमद साराज, युजव्रेन्द चाहाल अलराउण्डरमा वासिङटन सुन्दर, मोइन अली जस्ता खेलाडीहरु रहेका छन् बैंलोरको गत सिजन भन्दा व्याटिङ बिग्रिएको देखिन्छ ।केही नयाँ भारतीय खेलाडी पनि रहेका छन् ।

पहिलाका ३ खेलमा नभएका नाथन कुल्टारायन आजको खेलबाट आउने छन् । बैंगलोरको बलिङ बलियो हुनेछ । राजास्थानमा कप्तान आजिङके राहाने, जस् बटलर, सन्जु स्यमसोन, स्टिप स्मीत, जस्ता स्टार ब्यट्समेन छन् ।अलराउण्डर बेन स्टोक, राहुल त्रिपाठी र श्रेयस गोपाल, जाफर अर्चर, जयदेव उन्नाडकट, धवल कुलकर्नी जस्ता वलरका साथमा उत्रने छ ।

यसअघिका यी दुवै टीमको पाँच भेटमा दुई–दुई खेलमा जित निकालेका छन् भने एक खेल टाई भएको छ । आइपिएलको १२ औँ सिजनको सुरुवात दुवै टिमको राम्रो रहेन । दुवै टोलीले सुरुवाती तीन वटै खेल हारेका छन् ।

प्रतिक्रिया