२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीले भने –“दालभात तरकारीले औषधीको काम गर्छ”

1745 Shares
Spread the love

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दालभात तरकारीले औषधीको काम गर्ने बताएका छन्।

मंगलबार राजधानीमा आयोजित ६२ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हामीले खाने सबै खाना औषधी भएकाले आधुनिकताका नाममा अन्न र फलफूललाई पागल बनाउन नहुने बताए।

‘पागल फलफूल अर्थात् आफ्नो उमेर बिर्सनु, साइज बढाउनु र हलक्क बढाउनु,’ प्रधानमन्त्रीले भने,‘हामीले पागल फलफूल बनाउनु हुँदैन। पर्सीजत्रो सुन्तला बनाउनु हुँदैन।’उनले लसुन,बेसारलगायत कुरा औषधी भएको उल्लेख गरे। हामीले खाने सबै औषधी हो। दालभात तरकारी औषधी हो। यो खाए ट्याबलेट खानु पर्दैन,’ प्रधानमन्त्रीले भने,‘तर आधुनिकीकरणले बढी उत्पादन गर्ने धुनमा हामी तिनलाई पागल बनाउछौं र बिरामी हुन्छौं।’

उनले कुनै कृषी उत्पादनले बजार नपाए त्यसबाट अर्को चिज बनाउन सुझाव दिए।‘दूध बिकेन भने कुराउनी बनाऔं, दहीमोही बनाऔं, बिक्छ,’ ओलीले भने।

प्रतिक्रिया