
बीबीसी । अमेरिकामा एक वृद्धाले आफ्नै छोराको हत्या गरेकी छन् । वृद्धाश्रम पठाउन खोज्ने ७२ वर्षिय छोराको ती ९२ वर्षिया वृद्धाले गोली हानी हत्या गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी राज्य अरोइजोनामा जुलाई २ तारिखमा यस घटना घटेपनि बुधबारमात्र सार्वजनिक भएको हो । ९२ वर्षिया एना मे ब्लेसिङले छोराको हत्या गरेपछि अदालतम भनेकी छन् , “छोराले मलाई वृद्धाश्रममा लगेर मार्न खोज्यो, त्यसैले मैले उसको हत्या गरिदिए ।” मृतकको नाम भने खुलाइएकौ छैन ।
ती वृद्धाका अनुसार छोराले आफ्नोभन्दा धेरै आफ्नी गर्लफ्रेन्डको माया गर्थे । छोराले आफू घरको बोझ भएको बारम्बार बताउँदै आएका थिए । ब्लेसिङले छोरोको हत्या उनकै बेडरुमा २ गोली हानी गरेको स्वीकारेकी छन् ।
त्यसपछि उनले छोराको ५७ वर्षिय गर्लफ्रेन्डलाई हत्या गर्न चाहेकी थिइन् । तर उनी भाग्न सफल भईन् । त्यसपछि ती वृद्धाले आफ्नै हत्याको प्रयास समेत गरकी थिइन् । यतिबेला ब्लेसिङलाई प्रहरी हिरासतमा राखिएको छ ।