२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

आईपीएलः सन्दीप लामिछाने आबद्ध दिल्ली आज पन्जाबविरुद्ध खेल्दै

1171 Shares
Spread the love

काठमाडौं– नेपाली लेगस्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा आज सोमवार किङ्स–११ पन्जाबविरुद्ध खेल्दैछ ।

आईपीएलको तेह्रौं तथा आफ्नो चौथो खेलमा दिल्लीकिङ्स–११ पन्जाबविरुद्ध खेल्न लागेको हो । तेस्रो जितको खोजीमा रहेको दिल्लीले यसअघि कोलकता नाइट राइडर्समाथि सुपर ओभरमा रोमान्चक जित निकालेको थियो । त्यहि लयलाई निरन्तरता दिने योजना दिल्लीको छ ।

खेलमा नेपाली युवास्टार सन्दीपले शानदार बलिङ गरेका थिए । सुरुआतका दुई खेलमा स्थान बनाउन नसकेका उनले तेस्रो खेलमा आफूलाई प्रमाणित गरेका थिए । ४ ओभर बलिङ गर्दै सन्दीपले २९ रन खर्चिएर १ विकेट लिए । सुब मनगिललाई रनआउट गरेका उनले निखिल नायकलाई एलबिडब्लु धरापमा पारेका थिए ।

दिल्लीले आज सन्दीपलाई पन्जाब विरुद्ध प्लेइङ–११ मा राख्नेबारे समर्थकमा भने चासो छ ।

प्रतिक्रिया