२०८३, ११ कार्तिक मंगलवार
×

आईपीएलः सन्दीप लामिछाने आबद्ध दिल्ली आज पन्जाबविरुद्ध खेल्दै

1171 Shares

काठमाडौं– नेपाली लेगस्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा आज सोमवार किङ्स–११ पन्जाबविरुद्ध खेल्दैछ ।

आईपीएलको तेह्रौं तथा आफ्नो चौथो खेलमा दिल्लीकिङ्स–११ पन्जाबविरुद्ध खेल्न लागेको हो । तेस्रो जितको खोजीमा रहेको दिल्लीले यसअघि कोलकता नाइट राइडर्समाथि सुपर ओभरमा रोमान्चक जित निकालेको थियो । त्यहि लयलाई निरन्तरता दिने योजना दिल्लीको छ ।

खेलमा नेपाली युवास्टार सन्दीपले शानदार बलिङ गरेका थिए । सुरुआतका दुई खेलमा स्थान बनाउन नसकेका उनले तेस्रो खेलमा आफूलाई प्रमाणित गरेका थिए । ४ ओभर बलिङ गर्दै सन्दीपले २९ रन खर्चिएर १ विकेट लिए । सुब मनगिललाई रनआउट गरेका उनले निखिल नायकलाई एलबिडब्लु धरापमा पारेका थिए ।

दिल्लीले आज सन्दीपलाई पन्जाब विरुद्ध प्लेइङ–११ मा राख्नेबारे समर्थकमा भने चासो छ ।

प्रतिक्रिया