उर्लाबारी– प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी विश्व विद्यालय खोल्ने तयारीमा सरकार रहेको बताएका छन् । आईतवार मोरङको उर्लाबारीमा मदन भण्डारी प्रतिष्ठानको रजत बर्ष तथा अठारौं साधारणसभाको उद्घाटन गर्दै जननेता भण्डारीले देखाएको वाटोमा अहिलेको सरकार रहेको पनि प्रष्ट पारे । उनले यहि बर्ष उक्त विश्वबिद्यालय खोलिने समेत बताए ।
नेपालमा भएका संघ सस्थाहरुमा अपारदर्शिताको कुराहरु आउन थालेको भन्दै ओलीले बेलैमा संस्था पारदर्शी बनाउन समेत निर्देशन दिए । शनिबार सम्पन्न लगानी सम्मेलन सफल भएको समेत उनको भनाइ थियो । लगानी सम्मेलनका विषयमा थोरै बोल्नु भएका प्रधानमन्त्री ओलीले चाडै युवा सम्मलेन समेत गरिने जानकारी दिए ।
उनले ब्यवसायिक र सफल युवाहरुलाई वोलाएर समेलन गर्ने बताए । बुझेर विरोध गर्ने र नबुझी विरोध गर्ने धेरै रहेको भन्दै त्यस्तालाई बुझाउने गाह्रो हुने बताउदै प्रधानमन्त्री ओलिले भने ‘त्यस्ताले विरोध भन्दा अरु गर्द जान्दैनन ।’