एजेन्सी । बहुसंख्यक मानिसहरु धेरै भन्दा धेरै यौन सन्तुष्टि प्राप्त गर्न लालायित हुने गर्दछन् ।
कतिले त यौन सन्तुष्टि पाउने नाममा लिंगको आकार बढाउनुपर्छ भन्ने ठान्छन् र त्यसै अनुसारका गतिविधी गर्ने गर्दछन् ।
लिंगको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ । यौन क्रिया एउटा कला हो यसको प्रयोगमा कला महत्वपूर्ण रहन्छ ।
यौनविद्ले बताए अनुसार यौन सन्तुष्टिमा लिंगको आकारको खासै महत्व हुँदैन । लिंग जत्रो भए पनि योनीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौन आनन्द पाउँछन् ।
पुरुषहरू आफ्नो लिंगको आकार सानो भएको कुराले धेरै तनावमा हुने गरेको पाइएको छ ।
अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार पुरुषको उत्तेजित नभएको लिंगको लम्बाइ ३.४ देखि ३.७ इन्च र उत्तेजित लिंगको लम्बाइ ५.१ देखि ५.७ इन्च हुन सक्ने जनाएको छ ।
यौन सन्तुष्टि लिंगको आकारभन्दा पुरुष महिलाबीचको प्रेममय क्रिडामा भर पर्छ । बरु लिंगको आकार ठूलो हुँदा महिलालाई समस्या हुन सक्छ ।
ठूलो लिंग योनीभित्र बलपूर्वक छिराउँदा योनीमा चोट पनि पुग्न सक्छ । लामो लिंग महिलाको योनीको भित्रसम्म पुग्ने र अझ बलपूर्वक सम्भोग गर्दा महिलालाई पीडा हुनुका साथै रक्तस्राव पनि हुन सक्छ ।
त्यसैले ठूलो र मोटो लिंगले महिलालाई चरम यौन आनन्द दिन्छ भन्नु गलत हो । लिंगको लम्बाइ र मोटाइ भनेको शारीरिक कुरामात्र हो तर यौन सन्तुष्टि भनेको मानसिक र भावनात्मक कुरा हो।
महिलाको सुन्दर जिउडालले मात्र पुरुषलाई यौन आनन्द दिन्छ भन्ने कुरा भ्रमात्मक हो । न त पुरुषको बलिष्ठ शरीरले नै महिलालाई सन्तुष्ट पार्न सक्छ । सम्भोगअघि पाक्क्रिडालाई धेरै समय दिनुपर्छ ।
यसर्थ यौन क्रियामा लिंगको साइज भन्दा पनि दुई बीचको यौन पाक्क्रिडानै बढी महत्वपूर्ण मानिन्छ ।