२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

ओलीलाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन निर्देशन

2020 Shares
Spread the love

चैत्र १४ -सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसंगै देशभर पार्टीका नेता तथा कार्यकर्ताहरु प्रक्राउ गर्न प्रहरी तदारुकताका साथ लागिपरेको छ । यसैक्रममा विप्लव समूहका शक्तिशाली नेता हेमन्तप्रकाश ओली काभ्रेबाट पक्राउ परे ।मध्यक्षेत्रीय कमान्ड इन्चार्ज एवंम प्रशिक्षण विभाग प्रमुख ओलीलाई काभ्रेको खानीखोला गाउँपालीका ३ डाँडागाउँबाट प्रक्राउ गरिएको थियो ।

notext

उनै नेता ओलीलाई सर्वोच्च अदालतले ३ दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले ओलीलाई बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन सरकारलाई निर्देशन दिएको हो । प्रहरीले हेमन्तलाई पक्राउ गरेपछि छोरी विपनाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया