काठमाडौं – नेपाल कम्ययुनीष्ट पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्कबाट नेपाल प्रस्थान गरेका छन् ।
लामो समय अघिबाट पार्किन्सनबाट पीडित रहेकी पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड गत चैत्र ४ गते अमेरिका गएका थिए । अध्यक्ष प्रचण्ड न्यूयोर्कबाट पत्नी सीतासहित स्वदेश प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
यद्यपी उनि बिहीबार मात्रै नेपाल आइपुनुहुने बताईएको छ । सचिवालय स्रोतका अनुसार प्रचण्डलाई न्युयोर्क विमानस्थलबाट भने अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीले विदाई गरिसकेका छन् ।
अमेरिका यात्राको क्रममा प्रचण्डले दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी अमेरिकी प्रमुख उप सहायक विदेशमन्त्री एलिएन जी वेल्स, नेपालका लागि पूर्वअमेरिकी राजदुत स्कट डेलेसी र नेपाली मूलका मेरिल्याण्ड राज्यका प्रदेश सांसद ह्यारी भण्डारीसँग भेट गरेका थिए ।
यस अघि पत्नी सीता दाहालालाई भारत र सिंगापुरका अस्पताल लगिए पनि स्वास्थ्य अवस्था ठिक नभएछि उनलाई थप उपचारका लागि अमेरिका लगिएका हो ।