२०८३, १० कार्तिक सोमबार
×

पाकिस्तानमा अपहरित हिन्दु किशोरीहरुको बयानले सनसनी मच्चियो

1376 Shares

चैत्र १३ – पाकिस्तानमा होलीकै पुर्वसन्ध्यामा १३ र १५ बर्षका रबीना र रीना नाम गरेकी दुई हिन्दु किशोरीहरुको अपहरण , बिवाह र धर्म परिवर्तनको खबरले भारत पाकिस्तानबीच वाक युद्ध नै चल्यो । उक्त मुद्धामा भारतले पाकिस्तानस्थित आफना अधिकारीलाई छानबिन गरी जवाफ पठाउन भन्यो भने इमरान खानले समेत उक्त मुद्धाको छानबिन गर्न निर्देशन दिए । घटनाले भारत पाकिस्तानबीच तरंग ल्याईदिएको बेला ती दुबै किशोरीहरु अदालतमा उपस्थित भएका छन् । उनीहरुले आफनो उमेर १८ र २० बर्ष पुरा भएको र स्वईच्क्षाले बिवाह गरी धर्म परिवर्तन गरेको जवाफ न्यायधिश समक्ष दिएका छन् । त्यतीमात्र होईन उनीहरुले अदालतमा सरकारी एजेन्सी लगायत मिडियाहरुले आफुहरुलाई अनावश्यक दुख दिएको भन्दै त्यसलाई रोक लगाउन उजुरी पनि दिएका छन् ।

notext

उनले आफनो ज्यानकै असुरक्षा भएको भन्दै सरकारसमक्ष सुरक्षाको माग गरेका छन् । किशोरीहरुको मागपछि अदालतले उनीहरुलाई अनुमतिबिना शहर छोडेर नजान भन्दै उनीहरुको श्रीमानलाई समेत सुरक्षा दिन आदेश दिएको छ ।उता किशोरीहरुको दाईले भने आफनी बहिनीहरुको अपहरण भएको भन्दै स्थानीय प्रहरीमा उजुरी दिएका थिए । जुन घटना सिंध र पञ्जाव प्रान्तमा भएको थियो ।ती किशोरीहरूका पिताले आफ्ना दुवै छोरी नाबालिग रहेको र तिनको उमेर १३ र १५ वर्ष रहेको बताएका छन्।

एउटा भिडिओ क्लिप पनि सार्वजनिक भएको छ जसमा पिता हरि लालले भनेका छन्, “उनीहरू बन्दूक लिएर आए र मेरा छोरीलाई अपहरण गरेर लगे। यो घटना भएको ८ दिन भइसक्यो तर यस मामिलामा अहिलेसम्म केही कारबाही भएको छैन।”हामीलाई कसैले केही बताएको छैन। म खालि यति भन्न चाहन्छु कि कोही आउन् र मलाई मेरा छोरीहरू ल्याइदिउन्। प्रहरीले आज नभए भोलि यो मामिला सुल्झिन्छ भनेको छ। तर अहिलेसम्म केही भएको छैन।”त्योबाहेक अर्को एउटा भिडिओ पनि सामाजिक सञ्जालमा देखिएको छ जसमा दुवै किशोरी रोइरहेको र विवाहपश्चात् उनीहरूलाई मारपिट गरिएको बताएको देखिन्छ।

notext

तर मङ्गलवार इस्लामाबादको उच्च अदालतमा भने सो भिडिओबारे कुनै प्रसङ्ग उठेन।बीबीसीले ती दुवै भिडिओ सही हुन् कि होइनन् भनेर पुष्टि गर्न सक्दैन।यस घटनाकाबारेमा भारतले निकै चासो दिईरहेको थियो तर किशोरीहरुको बयानले भारत भने अवाक भएको छ ।  किशोरीहरुको अभिव्यक्तिपछि अदालतका न्यायधिश अतहर मिन अल्लाहले केही शक्तिहरु पाकिस्तानको छबि बिगार्न तर्फ प्रयासरत रहेको दाबी गरे । उनले भने “पाकिस्तानमा अल्पसङ्ख्यकहरूको अधिकार पूर्ण रूपमा सुरक्षित छ।

पाकिस्तानमा अल्पसङ्ख्यकहरूको अधिकार अन्य देशमा भन्दा धेरै छ” । तर भारत सायद पाकिस्तानका यी तर्कसँग सहमत छैन। भारतले पाकिस्तानमा रहेका अल्पसंख्यक हिन्दुधर्मालम्बी जनतामाथि अन्याय हुने गरेको आरोप लाग्दै आएको छ । हिन्दुहरुलाई पाकिस्तानमा थिचोमिचो हुने गरेको र जबरजस्ती धर्म परिवर्तन गराउन लगाईने गरेको जस्तो आरोप पाकिस्तानलाई लाग्दै आएको छ । बिषेशगरी पाकिस्तानमा रहेका हिन्दुहरुलाई भारत समर्थक भएको भन्दै अन्याय गर्ने गरेको बताईन्छ ।

प्रतिक्रिया