२०८३, १० कार्तिक सोमबार
×

सपनालाई लिएर कांग्रेस-भाजपाको तानातान , कांग्रेससंग यस कारण मिलेन कुरा

1652 Shares

चैत्र १३ – भारतमा अप्रिलमा हुन लागिरहेको आम निर्वाचनमा आफनो जित सुनिश्चित गर्न विभिन्न पार्टीहरुले सेलिब्रेटी हस्तीहरुलाई आफनो पार्टीमा आवद्ध गराउँदै कतिलाई चुनावै लडाउने तयारीमा पनि गरिरहेको छ । यस्तो हतकाण्ड अपनाउनेहरुमा सत्तारुढ दल भाजपादेखि कांग्रेस लगायत साना साना दलहरु पनि सक्रिय छन् । त्यसोत बलिउडका कलाकारहरु राजनितीमा लाग्ने गरेको कुरा नयाँ भने होईन । यसबीचमा चर्चित गायिका एवं डान्सर सपना चौधरी पनि कांग्रेसमा सामेल भएको खबर निकै चर्चित भयो । उनले दिल्लीबाट कांग्रेसको सदस्यता लिएकी थिईन् । तर भोली पल्ट नै उनले आफु कांग्रेसमा आवद्ध नभएको भन्दै पत्रकार सम्मेलन नै गरिन् ।

उनले झुठ बोलेको त्यतीबेला प्रस्ट भयो जतिबेला कांग्रेसले उनले पार्टीको सदस्याता लिएको पत्र नै सार्वजनिक ग¥यो । उनले हेमा मालिनीबिरुद्ध चुनाव लड्ने सक्ने समेत कुरा आएको थियो तर उनले एकाएक किन झुठ बोलिन् भन्ने चर्चा भईराख्दा उनी फेरी भाजपा प्रबेश गर्न लागेको खबर बाहिरिएको छ । कांग्रेसको सदस्यता लिँदै उनले आफनो बहिनीलाई चुनाव लड्ने टिकट दिनु पर्ने र चुनावी प्रचारमा हिडेबापत राम्रै रकम दिनु पर्ने माग गरेपछि कांग्रेस सोचमा परेको हो ।

notext

उनलाई राम्रै रकम दिने सहमती भएपनि बहिनीलाई टिकट दिने कुरा नमिलेपछि उनी भाजपामा जान लागेको खबर बाहिरिएको हो । हालै उनी भोजपुरका गायक तथा नायक एवं सांसद मनोज तिवारीसंग गोप्य भेट गरेकीछिन् जुन भेटले उनी भाजपामा प्रबेश गर्न लागेको खबर बाहिरिएको हो । यतिबेला सपनालाई लिएर कांग्रेस र भाजपाबीच तानातानको अवस्था सृजना भएको छ । तर सपनाले कांग्रेसको सदस्यता लिएर पनि आखिर किन उनले झुठ बोलिन् भन्नेबारेमा भने उनका फ्यानहरु आक्रोसित भएका छन् ।

प्रतिक्रिया