२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

२४ घण्टाभित्र विप्लवका २१ नेता तथा कार्यकर्ता प्रक्राउ

2466 Shares
Spread the love

चैत्र १३ -सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसंगै पार्टीका नेता कार्यकर्ता प्रक्राउ गर्न देशभर प्रहरी संयन्त्र चुस्त बनिरहेको छ । पार्टीका शिर्षस्थ नेता लगायत कार्यकर्ताहरु भटाभट प्रक्राउ परिरहेका समय सोमबार र मंगलबार मात्र २४ घण्टाभित्र विप्लवका २१ जना नेता कार्यकर्ता प्रक्राउ परेका छन् । मंगलबार अछाममा दोहोरो भिडन्त नै भयो । जहाँ विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भुमिसरा धामी र युवा सङ्गठनका राजेन्द्र धामी प्रक्राउ परे । भिडन्तकै क्रममा अछामका इन्चार्ज शेरबहादुर विक ‘दर्शन’ घाईतेसमेत भएका छन् ।

मंगलबार मात्रै मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की, चितवन, अछाम, तनहुँ, नवलपुर, संखुवासभा, भोजपुर र नवलपरासीबाट विप्लवका नेता कार्यकर्ताहरु पक्राउ परेका हुन्। यस्तै गरि सप्तरीका जिल्ला सदस्य कञ्चनपुर नगरपालिका ६ का नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का तेजनारायण यादव पक्राउ परे । यसैगरी प्रहरीले इलामको सूर्योदय नगरपालिकाबाट नेकपाका कार्यकर्ता मोहन बराल र रोङ १ का राजकुमार खत्र र पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट भूपेन्द्र चेम्जोङलाई प्रक्राउ ग¥यो ।

notext

प्रहरीले तमुवान जनपरिषदका संयोजक किसानसिंह गुरुङलाई पनि गलबार पोखरा–२७ रिठेपानीबाट पक्राउ ग¥यो । त्यस्तै प्रहरीले नवलपरासीबाट चन्द समूहका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र जिल्ला सदस्य धनबहादुर मर्दर्निया पनि ,संखुवासभाको पाँचखाल नगर कमिटी इन्चार्ज भीम राई , सुनसरीको इटहरी हलगडाबाट रमेश खडका तनहुँ, व्यास–६ का अखिल नेपाल क्रान्तिकारी लमजुङ अध्यक्ष सुनील कुमाल, बन्दीपुर–५ का जिल्ला सदस्य अम्मरराज बुढामगर र व्यास १४ का दलित मोर्चा जिल्ला अध्यक्ष भेषबहादुर सुनारलाई प्रक्राउ ग¥यो ।

साथै साल्पासिलोछो गाउँपालिका २ कुलुङका महेन्द्र तामाङ, टेम्केमैयुङ गाउँपालिका ४ नागीका सञ्जय राई, पौवादुम्मा गाउँपालिका ३ च्यांगेका विकास राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । । सरकारले वार्तामा ल्याउन र सम्झाएर शान्तीका लागि अनेक प्रयास गर्दा पनि नआएको भन्दै विप्लव समूहमाथि फकाउन नसके तर्साउने रणनीतिमा सरकार देखिएको छ ।

प्रतिक्रिया