२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

नेत्रविक्रमका तीन कार्यकर्ता तनहुँबाट पक्राउ

1023 Shares
Spread the love

दमौली – नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ब्यास नगरपालिका–१४, केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका–६, शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा रहेका छन् ।

पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँका अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन् ।

सुनार र कुमाललाई उनकै घरबाट र बुढालाई बन्दीपुर गाउँपालिका–५, याम्पाबाट सोमबार राति पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई मंगलबारै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराइ अनुसन्धान थालिएको छ ।

उनीहरूको साथबाट चन्दा रसिद बरामद गरिएको प्रहरीले जनाएको छ ।

चन्द समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गर्न थालेको छ ।

यसअघि, प्रहरीले फागुन २८ गते चन्द समूहका जिल्ला सदस्य प्रेम शाहीलाई बन्दीपुर गाउँपालिका–१ बाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया