1566
Shares
काठमाडौं – यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि भारतमा रहेको नेपाली टोली आन्ध्र प्रदेश क्रिकेट टिमविरुद्धको तेस्रो खेलमा १ विकेटले विजयी भएको छ ।
आन्ध्रले दिएको २२९ रनको लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान रोहित पौडेलले ७१, भिम सार्कीले ४९, सन्दीप जोराले १९, कुसल मल्लले १३ रन बनाए । यसअघि, पहिला ब्याटिङको मौका पाएको आन्ध्रले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२८ रन बनायो ।
उसका लागि बी योगानन्दले ५९, नितीस कुमारले ५१, पी सुबरमन्यमले ४५ रन बनाए । बलिङमा नेपालका कमलसिंह ऐरीले ४, पवन श्राफले ३, सागर ढकाल, राशिद खान र प्रतिस जिसीले एकएक विकेट लिए ।