२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीले भने ‘नेत्रविक्रम चन्दलाई चैत्र महिनाभित्रै नियन्त्रण गरिन्छ’

2685 Shares
Spread the love

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र नेत्र विक्रम चन्द (विप्लव) समूहलाई नियन्त्रण गरिसक्ने दावी गरेका छन् ।

संघीय संसद भवन बानेश्वरको लोत्से हलमा बसेको सत्तारुढ दल नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले विप्लव समुहका नेताहरुलाई पक्राउ गर्न थालिएको भन्दै चैत महिनाभित्रै विप्लव समूहका विध्वंसात्मक गतिविधि नियन्त्रण गरिसक्ने दावी गरेका हुन् ।

उनले हतियार बुझाउन सरकारले दिएको समय सीमाभित्र हतियार बुझाएर मूलधारको राजनीतिमा नआए चैतभित्र नै नेत्रविक्रम चन्द खोरमा हुने दावी पनि गरे ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टी एकतामा अनुचित र अनावश्यक ढंगले ढिला भएको स्वीकार्दै अब छिट्टै तल्लो कमिटीसम्मकै एकता टुङ्गिने बताए ।

प्रधानमन्त्री ओलीले सरकारविरुद्ध गलत प्रचार गरेर सरकारलाई असफल बनाउने प्रयास भईरहेको भन्दै आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा गएर सरकारले गरेका कामको प्रचार गर्न र सरकारविरुद्धका दुष्प्रचारको प्रतिवाद गर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम, बजेट र जनताका आवश्यकता सम्बोधन गर्न प्रभावकारी रुपमा जनताको राय सुझाव संकलन गर्न निर्देशन दिए ।

प्रतिक्रिया