२०८१, ४ चैत्र मंगलवार
×

ट्रेन्डिङ

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब पक्राउ

1588 Shares

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाक मंगलबार पक्राउ परेका छन्। भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने आयोगका तर्फबाट उनलाई अनुसन्धान तथा सोधपुछका लागि पक्राउ गरिएको अधिकारीहरुले बताएका छन्।

सत्तामा रहँदा राज्यकोषको दुरुपयोग गरेको आरोप लागेका ६४ वर्षीय पूर्वप्रधानमन्त्री रज्जाकविरुद्ध बुधबार अभियोग दर्ता गरिने भएको छ। भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको निर्वाचनमा उनको सत्तारुढ गठबन्धन पराजित भएको थियो।

उनकै पूर्वअविभावकसमेत रहनु भएका महाथिर मोहम्मद नेतृत्वको पार्टीले पराजित गरिदिएपछि रज्जाक सत्ताबाट बाहिरिनु परेको थियो।निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रज्जाकलाई देशबाट बाहिरिनसमेत प्रतिबन्ध लगाइएको थियो।

रज्जाकलाई पक्राउ गर्नु केही दिन पहिले उनकी अत्यन्त भोगविलासी श्रीमती रोश्माह मन्सुर, उनको सौतातर्फको छोरो रिज अजिज र उनका पूर्वसहयोगी जाहिद हमिदीलाई पनि अनुसन्धानका लागि सोधपुछ गरिएको थियो।

भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने विषेश टोलीका अनुसन्धानकर्ताहरुले अन्य सरोकारवालाहरुसँग पनि अनुसन्धान तथा सोधपुछ गरिरहेको जनाइएको छ।

प्रतिक्रिया