२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

फोरमलाई राजपाले भन्योः ‘एकताका लागि वार्ता गर्ने भए सरकार छोड्नुस्’

1920 Shares
Spread the love

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले संघीय समाजवादी फोरम सरकारबाट बाहिरिएपछि मात्र एकताको लागि वार्ता गर्न सकिने सर्त तेर्स्याएको छ । राजपाले फोरमसामु सो सर्त राखेपछि दुई पार्टीबीचको एकता थप संकटमा परेको हो ।

राजपासँग पार्टी एकताका लागि वार्ता गर्न फोरमले सह–अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति नै बनाएको छ । वार्ता समितिले एकताका लागि राजपालाई केही दिनअघि पत्र पठाएको थियो, तर पत्रको जवाफमा राजपाले वार्ताभन्दा पहिले सरकार छाड्न जवाफी पत्र पठाएको छ ।

राजपाले पार्टी एकताका विषयमा छलफल गर्नुभन्दा पहिले सरकार छाड्न फोरमलाई आग्रह गरेपछि पार्टी एकताको विषय थप अन्यौलग्रस्त बन्दै गएको हो ।

यता संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्रीको पद सम्हालिरहेका छन् । फोरपलाई यो सर्तको कारण अब सत्ता छोडेर पार्टी मिलाउने वा सत्तामै रहने भन्ने अन्यौलपूर्ण अवस्था आएको छ । कि त उसले राजपालाई विश्वासमा लिएर पार्टी एकता गर्ने र सरकारमै सहभागी भइरहने रणनीति अपनाउन सक्छ ।

तर हालै मात्र सरकारलाई दिएको समर्थन फिर्ता ल्याएको राजपालाई फकाउन उति सहज छैन । वर्तमान सरकारमै रहेसम्म फोरमसँग वार्ता नगर्ने अडान उसले राखिसकेको छ ।

फोरम र राजपाले गत निर्वाचनमा गठबन्धन बनाएर जनतासामु गएका थिए । जसले मधेसको जनमत मधेसमै राक्न अर्थात् उनीहरुकै पक्षमा पार्न सफल पनि भए । र, अहिले फोरम र राजपाको प्रदेश नम्वर–२ मा संयुक्त सरकार पनि चलिरहेको छ ।

प्रतिक्रिया