२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

युरोकप २०२० छनौटः युक्रेनसँग पोर्चुगल गोलरहित बराबरीमा

1475 Shares
Spread the love

एजेन्सी– युरोकप २०२० को छनौटको पहिलो खेलमा पोर्चुगलले युक्रेनसँग निराशाजनक गोलरहित बराबरी गरेको छ।

गोलरहित बराबरीमा खेल सकिएपछि पोर्चुगलका लागि पछिल्ला ६ अन्तराष्ट्रिय खेल नखेलेका क्रिश्चियानो रोनाल्डोको पुनरागमन खेल निराशाजनक बन्यो ।

हिजोको खेलमा रोनाल्डो रसिया विश्वकपपछि पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्दै थिए। युक्रेनका गोलरक्षक एन्ड्रिए पायातोभले रोनाल्डोका दुई शक्तिशाली प्रहारलाई असफल बनाइदिएका थिए।

लिस्वनमा भएको यस खेलमा पोर्चुगलले युक्रेनको पोस्टमा १८ वटा आक्रमण गरेको थियो भने युक्रेनले केबल २ आक्रमण गरेको थियो।

रोनाल्डोसँगै विलियम कारभाल्होले खेलको १६ औं मिनेटमा नजिकैबाट हेड हानेर गोल गर्ने मौका गुमाएका थिए।

पोर्चुगलले सोमबार आयोजक सर्वियासँग लिस्वनमा खेल्नेछ।

त्यस्तै हिजै भएको ग्रुप ‘बि’को अर्को खेलमा लक्जेम्बर्गले लुथानियालाई २–१ ले पराजित गर्‍यो । प्रत्येक समूहबाट उत्कृष्ट २ टोलीले युरोकपमा स्थान पक्का गर्नेछन् ।

प्रतिक्रिया