२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

1084 Shares
Spread the love

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन्।

अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी शुक्रबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन्। उनको आइसियुमा राखेर उपचार भइरहेको छ।

उनका सहयोगी किरण सिटौलाका अनुसार चिकित्सकहरूले रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसरसमेत घटेको बताएका छन्। डा. भगवान कोइरालासहितको टिमले उनको उपचार गरिरहेको छ।

रगतको मात्रा बढाउन अहिले नेता सिटौलालाई रगत दिइदै गरिएको सांसद भिमसेनदास प्रधानले जानकारी दिए।

प्रतिक्रिया